मंगलवार, कार्तिक ३,२०८३ 02:24:19
  • मंगलवार, कार्तिक ३,२०८३ 02:24:19
Global IME Bank Limited

खर्च बढ्दा पनि नाफा सुधार्न सफल एशियन लाइफ

Bizshala
खर्च बढ्दा पनि नाफा सुधार्न सफल एशियन लाइफ
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दाबी भुक्तानी र खर्च बढेको अवस्थामा पनि नाफा वृद्धि गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशतले बढी हो।

बीमा व्यवसाय विस्तारसँगै कम्पनीको खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले वृद्धि भई ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म यो रकम ४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो। बीमाशुल्क वृद्धिले कम्पनीको आम्दानी संरचना बलियो बन्दै गएको संकेत गर्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ५ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ। खर्चतर्फ विशेषगरी दाबी भुक्तानीमा वृद्धि देखिएको छ। कम्पनीले ५ अर्ब २३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढी हो। यसले बीमितको संख्या र दाबी दायरा दुवै विस्तार भएको देखाउँछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको महाविपत्ति कोष ३१ करोड ३८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ९१ करोड ९० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ लाख ६३ हजार ५७० वटा बीमालेख जारी गरेको जनाएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.५४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२८.७३ रुपैयाँ र पीई अनुपात ४४.९४ गुणा कायम भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.