आईतवार, फाल्गुन ११,२०८१ 10:35:27
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:35:27
IME remit
Global IME Bank Limited

सेयरबजारमा एशियन लाइफको झण्डै १ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा

Hyundai Nepal
सेयरबजारमा एशियन लाइफको झण्डै १ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरबजारमा झण्डै एक अर्ब लगानी गरेको छ । प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा सेयरबजारमा ९७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।  

आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने कम्पनीले सूचीकृत सेयरमा लगानी ३४.२० प्रतिशतले घटाएको छ । सो आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ लगानी गरेको थियो ।  

गत आर्थिक वर्षमा कम्पनीले वाणिज्य बैंक, लघुवित्त संस्था, हाइड्रोपावर, बीमा गरी ५२ कम्पनीको सेयरमा पौने ९८ करोड रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीले सर्वाधिक कमर्सियल बैंकहरुको सेयरमा लगानी गरेको छ । साविकका बैंकसहित कम्पनीले कुल २० वटा वाणिज्य बैंकको सेयरमा ३२ करोड ८४ लाख रुपैयाँ लगानी गरेको देखिएको छ ।  

साथै नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को सेयरमा ३४ करोड ९० लाख रुपैयाँ, १८ वटा वित्तीय संस्थाको सेयरमा १३ करोड ७६ लाख रुपैयाँ, ६ बीमा कम्पनीको सेयरमा १० करोड ६३ लाख रुपैयाँ, ७ वटा हाइड्रोपावर तथा अन्य कम्पनीको सेयरमा ५ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

निफ्राको सेयरमा सबैभन्दा बढी लगानी  

आर्थिक वर्ष २०७९/८० मा एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी निफ्राको सेयरमा लगानी गरेको छ । कम्पनीले सूचीकृत सेयरमा गरेको कुल लगानीको ३५।७० प्रतिशत लगानी निफ्राको सेयरमा गरेको छ ।  

कम्पनीले ३४ करोड ९० लाख रुपैयाँ निफ्राको सेयरमा मात्रै लगानी गरेको छ । तर कम्पनीले निफ्राको सेयरमा गरेको लगानी अघिल्लो आवको तुलनामा ५८.४५ प्रतिशतले घटाएको छ । सो आवमा कम्पनीले निफ्राको सेयरमा ८४ करोड रुपैयाँ लगानी गरेको थियो ।  

त्यस्तै, दोस्रोमा प्रभु बैंकको सेयरमा ८ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले प्रभुको सेयरमा ४३।६७ प्रतिशतले लगानी बढाएको छ ।  

यसका साथै नेपाल इन्स्योरेन्समा ७ करोड १८ लाख, ग्रामिण विकास लघुवित्तमा ४ करोड १९ लाख, ग्लोबल आइएमई बैंकमा ३ करोड ६३ लाख, सिद्धार्थ बैंकमा २ करोड ८३ लाख, नागरिक लगानी कोषमा २ करोड ७४ लाख रुपैयाँ, नेपाल बैंकमा २ करोड ७१ लाख रुपैयाँ र सानिमा बैंकमा २ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ ।  

१९ कम्पनीको सेयरमा लगानी थप्दै  

एशियन लाइफ इन्स्योरेन्सले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा १९ वटा कम्पनीको सेयरमा लगानी बढाएको छ ।  

कम्पनीले सबैभन्दा बढी नेपाल एसबीआई बैंकको सेयरमा ७९९५ प्रतिशतले लगानी बढाएको छ । अघिल्लो वर्षमा २ लाख ४८ हजार रुपैयाँ मात्रै लगानी रहेको एसबीआई बैंकमा कम्पनीले गत वर्ष २ करोड रुपैयाँ लगानी पुर्याएको छ ।  

त्यस्तै, यता एभरेष्ट बैंकको सेयरमा पनि ३ लाख ५१ हजार रुपैयाँ रहेको लगानी ४१२७ प्रतिशतले बढाएर १ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ ।  

साथै नबिल बैंकको सेयरमा ३४९५ प्रतिशतले बढाएर १ करोड ६६ लाख रुपैयाँ, सनराईज बैंकको सेयरमा ११७८ प्रतिशत बढाएर २२ लाख, नेको इन्स्योरेन्समा २७३ प्रतिशत बढाएर ४४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको सेयरमा २१८ प्रतिशत बढाएर १ करोड २८ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमा ६३.६७ प्रतिशत बढाएर १ करोढ ३० लाख रुपैयाँ लगानी गरेको छ ।  

यसका साथै मिर्मिरे लघुवित्तको सेयरमा ५० प्रतिशत, छिमेक लघुवित्तको ४७।३१ प्रतिशत, प्रभु बैंकको ४३.६७ प्रतिशत, चिलिमे हाइड्रोको ४१.५३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३३.७६ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८.४३ प्रतिशत, आरएमडीसी लघुवित्तको १६.४७ प्रतिशत, एनआइसी एशिया बैंकको १४.०५ प्रतिशत, हिमालयन लघुवित्तको ८.१८ प्रतिशत, साना किसान लघुवित्तको ६.४७ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको ५.५२ प्रतिशत र हिमालयन डिष्टिलरीको सेयरमा ५.४७ प्रतिशतले लगानी बढाएको छ ।  

हाल नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको १० प्रतिशत रकम सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्था छ ।  

कम्पनीले उक्त व्यवस्था बमोजिम ५२ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । बीमा प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै १० प्रतिशत बाट अब बीमा कम्पनीले १५ प्रतिशतसम्म रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था मिलाइदिएको छ ।  

कम्पनीले सेयरबजार विश्लेषण गरी कम जोखिम भएका कम्पनी तथा अण्डरभ्यालु कम्पनीको विश्लेषण गरी बढी प्रतिफल पाउन सक्ने खालका कम्पनी हेरेर लगानी थप्दै लैजाने जनाएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.