बुधबार, बैशाख १०,२०८२ 11:31:41
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 11:31:41
IME remit
Global IME Bank Limited

एशियन लाइफले ४२% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Hyundai Nepal
एशियन लाइफले ४२% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्काश गर्ने तयारी गरेको हो ।  

कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।

कम्पनीले हकप्रद साधारण निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पूँजी रु.५ अर्ब पु¥याउन दिएको निर्देशन दिए बमोजिम कम्पनीले सेयर लाभांश र हकप्रद निष्काशनमार्फत् चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत(१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रु.४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ ।

चालु आव .०८०/०८१ को चैत्र मसान्तसम्ममा कूल रु.४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकतम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ । कम्पनीले आव.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क रु.१ अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क रु.४ अर्ब ५७ करोड ९२ लाख गरी कुल रु.५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

हाल कम्पनीले देशभर रहेका १३९ शाखा कार्यालयहरु र १ लाख १३ हजार अभिकर्तामार्पmत सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेकोे जनाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.