काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट म्यानेजर र माथिल्लो तहका लागि २ जना चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको हो ।
कम्पनीले कर्पोरेट कार्यालयको लेखा तथा वित्त शाखाका लागि सीए माग गरेको हो । आवेदकको शैक्षिक योग्यता सम्बन्धीत क्षेत्रमा कम्तीमा स्नातक गरेको हुनुपर्ने र जीवन बीमा क्षेत्रमा वा आईक्यानको सदस्य संस्थामा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले सीभी,नागरिकताको प्रतिलिपी,पासपोर्ट साइजको फोटो,हाल काम गरिरहेको पद,शैक्षिक प्रमाणपत्र,कार्यानुभवको प्रमाणपत्र र अपेक्षित तलब उल्लेख गरिएको लिखित आवेदन कम्पनीको वेवसाइटमार्फत आगामी फागुन १७ गतेभित्र दिनुपर्नेछ ।