काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेन्द्र कुमार गोयलको राजीनामा स्वीकृत भएको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चाल समितिको बैठकले गोयलको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।
उनी प्रथम इन्भेष्टमेन्ट प्रालिका तर्फबाट कम्पनीको सञ्चालकका रुपमा कार्यरत थिए ।