आईतवार, बैशाख ६,२०८३ 05:48:59
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:48:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लाभांश पारित गर्दै एशियन लाईफको एजीएम सम्पन्न, अध्यक्षमा श्रेष्ठ चयन

Bizshala
लाभांश पारित गर्दै एशियन लाईफको एजीएम सम्पन्न, अध्यक्षमा श्रेष्ठ चयन
Shivam Cement

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो ।  

सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८०/०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।  

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसैगरी आर्थिक वर्ष.२०८०/८१ (एनएफआरएसबमोजिम) असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुुसूचिहरु माथि छलफल सहित पारित भएको छ ।  

साधारण सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी ‘समूह क’बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान  र अच्युतराज सापकोटा तथा सर्वसाधारण सेयरधनी ‘समूह ख’बाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा शौरभ रुंगटा र शिला राजभण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ ।

साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा दिपककुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । सो बैठकले सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा हेम बहादुर कार्कीलाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.