काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। श्रेष्ठको राजीनामा २०८३ साल कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यसैगरी, कम्पनीमा अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई २०८३ साल कात्तिक १० गतेदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।