मंगलवार, कार्तिक ३,२०८३ 02:22:46
  • मंगलवार, कार्तिक ३,२०८३ 02:22:46
Global IME Bank Limited

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

Bizshala
एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृतभएसँगै मुनाफामा सरिक हुने(बोनस दिने गरी) जारी भएका बीमलेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो ।

कम्पनीले यो अवधिका लागि प्रतिहजार अधिकतम ७५ रुपैयाँ र न्यूनतम ४२ रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ६१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६४ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ६२ रुपैयाँ तोकिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बालबालिका सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५२ रुपैयाँ तोकिएको छ ।    

यस्तै सामूहिक सावधिक, नव रत्न,जीवन संजिवनी,दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र भविष्य निधी जीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५५ रुपैयाँ निर्धारण गरिएको छ ।  

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ५० रुपैयाँ, १२ वर्षे अवधिका लागि ५० रुपैयाँ, १५ वर्षे अवधिका लागि ६० रुपैयाँ, १८ वर्षे अवधिका लागि ६५ रुपैयाँ, २० वर्षे अवधिका लागि ७० रुपैयाँ र २५ वर्षे अवधिका लागि ७० रुपैयाँ बोनस दर प्रदान गर्ने जनाएको छ ।  

यस्तै बाल उच्च शिक्षा अन्तर्गत १४ वर्षे अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४४ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस,सुखी जीवन प्लस र वार्षिक भुक्तानी जीवन  बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि रिभर्सनरी बोनस ३६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४४ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५६ रुपैयाँ बोनस दर प्रदान गरिनेछ । यो बीमालेख अन्तर्गत उल्लेखित सबै अवधिका लागि ६ रुपैयाँ टर्मिनल बोनस समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.