काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी,ट्रेनी असिस्टेन्ट र कानून र सेयर विभागका लागि ट्रेनी माग गरेको हो ।
म्यानेजमेन्ट ट्रेनीका लागि न्यूनतम शैक्षिक योग्यता एमबीए,एमबीएम वा एमआईएम डिग्री हासिल गरेको हुनुपर्नेछ । आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ ।
ट्रेनी असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । काठमाण्डौ उपत्यकाका लागि ३ सीजीपीए भएको हुनुपर्नेछ भने काठमाण्डौ उपत्यका लागि कम उमेर र बढी सीजीपीए भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।
कानून र सेयर विभागका लागि मा गरिएको ट्रेनी पदका लागि कानून विषयमा स्नातक गरेको हुनुपर्नेछ । यो पद इन्ट्री लेभलको भएकाले कार्यानुभव नचाहिने बैंकले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख २५ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ ।