काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले २३० जना कर्मचारी माग गरेको छ । कम्पनीले देशका ७ वटै प्रदेशका लागि २३० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले बजार प्रतिनिधि पदका लागि उक्त संख्यामा कर्मचारीका लागि दरखास्त आवेदन खुलाएको छ । प्रदेश न.१ का लागि २६ जना,प्रदेश न.२ का लागि ३१ जना, प्रदेश न.३(चितवन) का लागि ११ जना,काठमाण्डौका लागि ५० जना,प्रदेश न.४ का लागि ३४ जना,प्रदेश न.५ का लागि ३७ जना,प्रदेश न.६ का लागि २२ जना र प्रदेश न.७ का लागि १९ जना गरी कुल २३० जना कर्मचारी माग गरिएको छ ।
यो पदका लागि १२ कक्षा उत्तिर्ण गरेकालाई आवेदन दिन प्रोत्साहन गरिने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको [email protected] मा प्रदेश उल्लेख गरि इ–मेलमार्फत सीभी पठाउनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।