इसेवाले ल्यायो ‘Buy Now, Pay Later’ सेवा, ९.९९ प्रतिशत ब्याजमा स्कुटर किन्न पाइने
काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपालको डिजिटल वालेट क्षेत्रमा पहिलोपटक ‘Buy Now, Pay Later’ (BNPL) सेवा सार्वजनिक गरेको छ। यो सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्म प्रयोग गरी ग्यारो ब्रान्डका विद्युतीय स्कुटर किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।यसका लागि इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय...

