ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ
काठमाण्डौ। ई-सेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी भएको छ । कञ्चनपुर घर भई हाल काठमाण्डौ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढाले हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट सो बराबरको रकम चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता...