काठमाण्डौ । ई–सेवा लिमिटेडले कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ । सम्झौता हस्ताक्षर यहि जेठ १५ गते ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीबीच पुल्चोकस्थित ई–सेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत सम्पन्न भएको हो ।
यस साझेदारीको बारेमा बोल्दै ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले ई–सेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने बताए । नेपाली रियालिटी शो कमेडी च्याम्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यगं क्षेत्रमा छोटो समयमै सफल कलाकारको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
आउने दिनहरुमा इसेवाले गर्ने विभिन्नकार्यक्रमतथा योजनाहरुमा उनको कला मार्फत ग्राहकहरुलाई मनोरञ्जनात्मक शैलिद्वारा प्रचारप्रसारमा मद्दत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि चिफ बिजनेस अफिसर आशिष गौतमले बताए ।