मंगलवार, कार्तिक ३,२०८३ 04:19:31
  • मंगलवार, कार्तिक ३,२०८३ 04:19:31
Global IME Bank Limited

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउँदै ई-सेवा

Bizshala
साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउँदै ई-सेवा
New Office

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले हाल केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि योगदान पुर्याउदै आएको छ । कम्पनीले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ।

ई–सेवा सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै ई–सेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिनप्रतिदिन अझै परिचित नाम बन्दै गइरेहेको छ।बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मको टिकट खरिद गर्न सकिने ई–सेवाले यात्रुहरुको सहजतासँगै पर्यटकीय विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ।प्रयोगकर्ताहरुको आवश्यकताअनुसारका सेवा सुविधाहरु विस्तार गरेर जीवन सहज बनाउने क्रममा ई–सेवा थुप्रै नवीनतम सेवाहरु प्रदान गर्न सधैं तत्पर रहेको कम्पनीले जनाएको छ । यसै क्रममा ई–सेवाले प्रदान गर्ने एउटा महत्वपूर्ण सेवा हो–ई–सेवा होटल्स।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ई–सेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो, जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन्।नेपालको ५४ं जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने ई–सेवा होटल्स हालको समयमा होटल बुकिङको लागि एकदम लोकप्रिय बन्दै गएको कम्पनीले दाबी गरेको छ।सहरी क्षेत्रमा रहेका तारे होटलहरु देखि लिएर ग्रामिण भेगमा अवस्थित होमस्टेसम्म बुक गर्न सकिने ई–सेवा होटल्समा करिब ३५०० भन्दा बढी होटलहरु रहेका छन् । जुन प्रयोगकर्ताहरुले ई–सेवा एप वा ई–सेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिन भरमा बुक गर्न सकिन्छ।ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै ई–सेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकताअनुसार बुकिङ वा रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरुलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँ विभिन्न सहकार्य गर्दै आइरहेको छ।यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरुलाई प्राविधिक सहयोगका साथै व्यावसाय सञ्लनमा पनि थप उत्साह प्रदान गरेको कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.