सोमबार, भाद्र १५,२०८३ 07:13:13
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 07:13:13
Bizshala
Global IME Bank Limited

बाढी–पहिरो प्रभावितलाई सहयोग गर्न ईसेवा मनि ट्रान्सफरले अन्तर्राष्ट्रिय रेमिट्यान्स शुल्क मिनाहा गर्ने

बाढी–पहिरो प्रभावितलाई सहयोग गर्न ईसेवा मनि ट्रान्सफरले अन्तर्राष्ट्रिय रेमिट्यान्स शुल्क मिनाहा गर्ने
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले ईसेवा मनि ट्रान्सफरले अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।

विपद्का कारण प्रभावित परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवार, आफन्त तथा सरकारी राहत कोषमा रकम पठाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने गरी विशेष सुविधा लागू गरिएको कम्पनीले जनाएको छ।

ईसेवा मनि ट्रान्सफरले आफ्ना प्रमुख अन्तर्राष्ट्रिय डिजिटल साझेदारहरूसँगको सहकार्यमा विभिन्न देशबाट नेपालमा रकम पठाउँदा सेवा शुल्क नलाग्ने व्यवस्था गरेको हो। कम्पनीका अनुसार निम्न देश तथा साझेदारमार्फत रकम पठाउँदा शुल्क मिनाहा हुनेछ।

  • रोमानिया: स्मिथ ट्रान्सफर एप (Smith Transfer App)
  • अस्ट्रेलिया, अमेरिका, जापान, हङकङ र सिङ्गापुर: पाण्डा रेमिट (Panda Remit)
  • मलेसिया: मर्चेन्ट्रेड (Merchantrade)
  • युरोप, अस्ट्रेलिया, अमेरिका र बेलायत: रेमिट्ली (Remitly)
  • दक्षिण कोरिया: फोनमनी (Fonemoney)
  • न्युजिल्यान्ड: अर्बिट रेमिट (Orbit Remit)
Bizshala
CG Motors

कम्पनीका अनुसार व्यक्तिगत रूपमा परिवार तथा आफन्तलाई सहयोग रकम पठाउने नेपालीसँगै विदेशमा रहेका विभिन्न संघ–संस्थाले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा राहत रकम पठाउन चाहेमा पनि ईसेवा मनि ट्रान्सफरमार्फत कुनै अतिरिक्त शुल्कबिना रकम पठाउन सकिने व्यवस्था गरिएको छ।

विपद्को कठिन परिस्थितिमा विदेशबाट पठाइएको रकमको शतप्रतिशत हिस्सा कुनै कटौतीबिना प्रभावित परिवारको राहत तथा पुनर्निर्माणमा उपयोग होस् भन्ने उद्देश्यले सेवा शुल्क मिनाहा गरिएको कम्पनीले जनाएको छ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले प्राकृतिक विपद्को यस दुःखद घडीमा विदेशमा रहेका नेपालीलाई आफ्ना परिवार तथा सरकारी राहत कोषमा सहज रूपमा सहयोग पुर्‍याउन सकून् भन्ने उद्देश्यले निर्णय गरिएको बताए।

“रसुवाको प्राकृतिक विपद्को यस दुःखद समयमा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्ना परिवार वा सरकारी राहत कोषसम्म सहायता पुर्‍याउन सहज होस् भनेर हामीले यो निर्णय गरेका हौँ,” कोइरालाले भने, “हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गरी संकटको घडीमा प्रभावित परिवारसम्म आर्थिक सहायता बिना कुनै ढिलाइ र अतिरिक्त शुल्क पुर्‍याउन हामी प्रतिबद्ध छौँ।”

कम्पनीले विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत तथा आर्थिक सहयोग आवश्यक रहेकाले विदेशमा रहेका नेपालीलाई उपलब्ध सुविधाको उपयोग गरी सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.