आईतवार, फाल्गुन ११,२०८१ 09:21:34
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:21:34
IME remit
Global IME Bank Limited

डबल लखपति बन्ने मौका!, ई–सेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर

Hyundai Nepal
डबल लखपति बन्ने मौका!, ई–सेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर
Nabil Bank Limited

काठमाण्डौ । ई–सेवाले यस वर्ष पनि पुनः ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले ई–सेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका पाउने कम्पनीले जनाएको छ। 

ई–सेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने अवसर रहेको छ । ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि ई–सेवाको प्रयोग गरी  हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको ई–सेवाले जनाएको छ । यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप रु २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ। आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले रु। ७००० सम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन् ।

 यस अफर अन्तर्गत तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्दा सबैले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।  जसका लागि प्रोमो कोडमा ‘यात्रा३००’प्रयोग गर्नुपर्नेछ। त्यस्तै, इसेवा मार्फत् होटल बुक गर्दा प्रोमो कोडमा ‘होटल२००’ प्रयोग गरी सबैले रु २०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।  

त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा १०० प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ। प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेज मार्फत् घोषणा गरिनेछ। साथै प्रोमो कोडमा ‘यात्रा५०’ प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले  रु ५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

अझ थप, इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले ‘यात्रा१००’प्रोमो कोडको प्रयोगमा रु १०० क्यास्ब्याक पाउन सक्नेछन्। यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म रु १५०० सम्म क्यास्ब्याक (५ प्रतिशत को दरले) प्राप्त गर्न सकिनेछ। यो अफर फाल्गुन १३ देखि चैत्र १३ गतेसम्म लागू हुनेछ।  

यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ। 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.