काठमाण्डौ । नयाँ वर्षसँगै रोमानियाबाट बाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, ई–सेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिच्छे नगद पुरस्कार जित्न सकिने भएको छ ।
यसरी पैसा पठाउँदा १० हजार र बम्परमा एक जनाले रु १ लाख जित्ने मौका पाउने छन् । अप्रिल १३ राती १२ बजेदेखि लागू २०२४ जुलाई १५ सम्म मान्य हुने ई–सेवाले जनाएको छ ।
ई–सेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला भन्छन्,‘ हामी ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्ध छौ। स्मिथ एण्ड स्मिथको साझेदारीमा यो योजना सुचारू भएसँगै अब रोमानियामा बस्दै गर्नु भएको नेपालीहरुले ई–सेवा मनी ट्रान्सफरमार्फत सहज रुपमा नेपाल पैसा पठाई अफर को फाईदा लिन सक्नुहुनेछ।’