सोमबार, असार २,२०८२ 12:45:31
  • सोमबार, असार २,२०८२ 12:45:31
Global IME Bank Limited

ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ

Hyundai Nepal
ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ
Nabil Bank Limited

काठमाण्डौ। ई-सेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी भएको छ । कञ्चनपुर घर भई हाल काठमाण्डौ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढाले हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट सो बराबरको रकम चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ  ।

स्रोतका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.