काठमाण्डौ । डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाण्डौमा घर जित्न सफल भएका छन्।
ई–सेवा मनि ट्रान्सफर र ई–सेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेता को घोषणा गरिएको थियो। प्रत्यक्ष प्रसारणमार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट अन्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं ३, इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घरजित्न सफल भएका हुन् । विजेता अन्जुला घिमिरेले रोमानियाबाट ई–सेवा मनिट्रान्सफरमार्फत ई–सेवा वालेटमा रेमिट्यान्स पठाएका थिए।
ई–सेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। यसैअन्तर्गत, २०८० असोज १ देखि कात्तिक ३०, २०८१ गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एकजनालाई बम्पर उपहारस्वरूप काठमाण्डौमा घर दिने घोषणा गरेको थियो ।
कार्यक्रममा ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभाव बारे चर्चा गरे ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                