काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई–सेवा प्रयोककर्ताहरुको लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ । जसमा एक भाग्यशालि विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउनेछन्।
जेठ २० गतेदेखि असार ३१ गतेसम्म चल्ने यो अफरमा ई–सेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरुमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरुले हरेक हप्ता आकर्षक उपहारहरु पाउने छन्। हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाण्डौमा १ दिन २ रातको लागि स्टेक्यासन प्याकेज पाउनेछन् भने ५ भाग्यशाली विजेताले ई–सेवा केयर प्राप्त गर्नेछन् र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन्।
यसका साथै, विभिन्न जीवन बीमा कम्पनीहरुको प्रिमियम तिर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन्। यस योजनाको बारेमा ई–सेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका भनाई अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढिरहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकता बारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो।
यसअन्तर्गत प्रयोगकर्ताहरुले ई–सेवामार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरुमा डिजिटल भुक्तानीतर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                