बिहीबार, श्रावण १४,२०८३ 12:29:34
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:29:34
Bizshala
Global IME Bank Limited

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने
New Office

काठमाण्डौ । सरकारले निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा प्रमुख तथा सञ्चालक पदहरू खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९(१) बमोजिम प्राधिकरणको कार्यकारी प्रमुख पद पहिलो पटक खुला प्रतिस्पर्धाबाट छनोट गरिनेछ। यसअघि राजनीतिक सहमति तथा निर्णयका आधारमा हुने गरेको नियुक्ति प्रक्रियालाई परिवर्तन गर्दै यसपटक योग्यता, अनुभव र क्षमता मूल्यांकनलाई प्राथमिकता दिइन लागिएको हो ।

हाल नेपाल नागरिक उड्डयन प्राधिकरण करिब पाँच महिनादेखि महानिर्देशकविहीन अवस्थामा रहेको छ।

त्यसैगरी, नेपाल वायुसेवा निगमका सञ्चालक समितिका रिक्त पदहरू पनि खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने भएको छ। नेपाल वायुसेवा निगम ऐन, २०१९ अनुसार हाल रिक्त तीन पद र आगामी छ महिनाभित्र रिक्त हुने एक पदसहित कुल चार सञ्चालक सदस्य खुला प्रतिस्पर्धामार्फत नियुक्त गरिने मन्त्रालयले जनाएको छ।

उक्त पदहरूमा वाणिज्य, अर्थशास्त्र तथा लेखाशास्त्रमा विशेषज्ञता हासिल गरेका वा उड्डयन तथा पर्यटन प्रवर्द्धन क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूबाट नियुक्ति गरिने जनाइएको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाण्डौमा आवेदन दिन सक्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.