सोमबार, असार २,२०८२ 07:44:55
  • सोमबार, असार २,२०८२ 07:44:55
Global IME Bank Limited

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओ पदका लागि पुनः दरखास्त आह्वान

Hyundai Nepal
राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओ पदका लागि पुनः दरखास्त आह्वान
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि दोस्रोपटक सूचना जारी गरेको छ । कम्पनीले रिक्त रहेको सीईओ पद खुला प्रतियोगिताबाट परिपूर्ति गर्न दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।  

यसअघि गत असोज १६ गते पहिलोपटक गरिएको दरखास्त आह्वानमा कुनै पनि उम्मेदवार सर्टलिष्ट परेका थिएनन् । कम्पनीले दोस्रोपटक खुलाएको दरखास्त आह्वानमा सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदकको शैक्षिक योग्यता,अनुभव र उमेर कार्यविधिको दफा ४ बमोजिम योग्यता तथा उमेर भएको र कार्यविधिको दफा ६ बमोजिम अयोग्य नभएको हुनु पर्ने कम्पनीले जनाएको छ । 

दरखास्त आवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन, मोबाइल नम्बर, घर वा कार्यालयको ठेगाना) खुलेको विस्तृत वैयक्तित विवरण,उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि र पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना पेश गर्नु पर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.