काठमाण्ठौ । एनएमबि लघ्वित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी माग गरेको हो ।
यो पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ ।
संस्थाले कोशी प्रदेशका विभिन्न शाखाका लागि १५ जना, मधेश प्रदेशका लागि ७ जना,बाग्मति प्रदेशका लागि ६ जना, गण्डकी प्रदेशका लागि ९ जना,लुम्बिनी प्रदेशका लागि ६ जना,कर्णाली प्रदेशका लागि ३ जना र सुदुरपश्चिम प्रदेशका लागि ४ जना कर्मचारी माग गरेको छ । संस्थाले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्न लागेको जनाएको छ ।
इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदकको उमेर १८ वर्ष पुरा नभई ३५ वर्ष पुरा नभएको हुनु पर्नेछ । महिल आवेदकको हकमा भने अधिकतम उमेर थप ५ वर्षसम्म मान्य हुने स.स्थाले जनाएको छ ।
छनौट प्रक्रियाको सर्टलिस्ट आगामी साउन १३ गते र परीक्षा साउन १९ गते शनिबारका दिन सञ्चालन हुनेछ ।
छनौट भएकाको तलब २५ हजार ८० रुपैयाँ र बीमा सुविधा लगायतका अन्य सुविधा रहने संस्थाले जनाएको छ ।