काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै अधिकृत/सहायक अधिकृत र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदका लागि कर्मचारी माग गरेको हो ।
अधिकृत/सहायक अधिकृत पदका लागि चार्टड अकाउन्टेन्ट उत्तीर्ण गरेको र उक्त कोर्ष अन्तर्गत ३ वर्षको आर्टिकलशीप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यो पदका लागि आवेदकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै कनिष्ठ सहायक पदका लागि प्रविणता प्रमाण पत्र तह वा सो सरहको परीक्षा उत्तीण गरेको हुनुपर्नेछ । वाणिज्यशास्त्र भएकालाई प्राथमिकता दिइने संस्थाले जनाएको छ । यो पदका लागि आवेदकको उमेर २१ वर्ष पुरा नभई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । यो सूचना गत चैत २३ गते प्रकाशित भएको हो ।