काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले इन्जिनियर माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै हाईड्रो पावर इन्जिनियर(डेप्युटी म्यानेजर) र सिभिल इन्जिनियर(असिस्टेन्ट)म्यानेजर)पदका लागि कर्मचारी माग गरेको हो ।
हाईड्रो पावर इन्जिनियरका लागि बी टेक वा बीई(सिभील/हाईड्रो)उत्तिण गरेको हुनुपर्नेछ । साथै, ८ वर्षको कार्यानुभव र परियोजना विकास वा जलविद्युत आयोजना निर्माण र सुपरिवेक्षणमा कम्तिमा ३ वर्षको अनुभव हुनुपर्नेछ ।
त्यस्तै सिभिल इन्जिनियरका लागि पनि बी टेक वा बीई(सिभील÷हाईड्रो)उत्तिण गरेको हुनुपर्नेछ । साथै, ५ वर्षको कार्यानुभव र परियोजना विकास वा पूर्वाधार निर्माणमा कम्तिमा ३ वर्षको अनुभव हुनुपर्नेछ ।
इच्छुक तथा योग्य आवेदकले बैंकको आधिकारीक वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ । सर्टलिष्टमा परेका आवेदकलाई मात्रै अन्तर्वार्ताका लागि बोलाइने बैंकले जनाएको छ । आवेदन दिने अन्तिम मिति असार २६ गते रहेको छ ।