काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एचआर म्यानेजर,लजिस्टिक एण्ड एडमिन म्यानेजर र कम्युनिकेशन एण्ड कस्टमर सर्भिस अफिसर पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो ।
एचआर म्यानेजरका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापन वा औद्योगिक सम्बन्धमा स्नाकोत्तर गरेको हुनु पर्नेछ । यस्तै व्यवस्थापकीय भूमिकामा कम्तिमा ५ वर्षको अनुभव भएको हुनु पर्ने कम्पनीले जनाएको छ ।
लजिस्टिक एण्ड एडमिन म्यानेजर पदका लागि व्यवस्थापन वा वित्तमा स्नाकोत्तर गरेका साथै व्यवस्थापकीय स्तरमा सामान्य सेवाहरू, खरिद र प्रशासनको व्यवस्थापनमा न्यूनतम ५ वर्षको अनुभव हुनु पर्नेछ ।
यस्तै, कम्युनिकेशन एण्ड कस्टमर सर्भिस अफिसर पदका लागि सञ्चार विषयमा स्नातक गरेको हुनुका साथै ५ वर्षको अनुभव हुनु पर्नेछ ।
इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त आवेदन पेश गर्नु पर्नेछ । आवेदन पेश गर्दा हालैको रिजुमे, कभर लेटर(अपेक्षित तलब सहित), नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र, र हालै खिचेको फोटो पेश गर्नु पर्ने कम्पनीद्वारा सूचनामा उल्लेख छ ।