काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सवारी चालक(करार)पदको लिखित परीक्षाको मिति तय गरिएको छ । केन्द्रीय बैंकको मावन संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सवारी चालक पदका लागि लिखित परीक्षाको मिति तय गरेको हो ।
लिखित परीक्षा आगामी चैत २३ गते दिउँसो २.३० बजे हुनेछ । उक्त परीक्षा महाराजगञ्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालयमा हुनेछ । राष्ट्र बैंकले रिक्त रहेको सवारी चालक पदका लागि गत माघ २३ गते दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्त आह्वानमा रितपूर्व आवेदन पेश गरी आवेदन स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको मिति तय गरिएको हो । लिखित परीक्षाको नतिजा बैंकको वेबसाइटमा प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।