बुधबार, भाद्र २५,२०८२ 09:44:06
  • बुधबार, भाद्र २५,२०८२ 09:44:06
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
कामना सेवा विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले मेडिकल कलेजका २ सय जना विद्यार्थी तथा कार्यरत डाक्टरहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त वित्तीय कार्यक्रमसँगै डाक्टर, विद्यार्थी र बैंकका कर्मचारीहरुको संयुक्त हाइकिङ कार्यक्रम राखिएको थियो । पोखराको ड्यामसाईडदेखि विश्व शान्ती स्तुपासम्म गरिएको हाइकिङ कार्यक्रममा बैंकका उच्च व्यवस्थाकिय कर्मचारी तथा मेडिकल कलेजका डाक्टरहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमपश्चात गण्डकी मेडिकल कलेज र कामना सेवाविकास बैंकबीच सेवा छुट सम्वन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौतापश्चात कामना सेवाविकास बैंकका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको मोवाईल बैंकिङ सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त छुटसम्वन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.