सोमबार, मंसिर ८,२०८२ 11:34:33
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:34:33
IME remit
Global IME Bank Limited

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

CG Motors
New Office
Garima Development Bank

कामना सेवा विकास बैंकले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आगामी असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।  

यस्तै यूनिभर्सल पावरले  ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा डाकेको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.