यूनिभर्सल पावर कम्पनीको साधारण सभा स्थगित
काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा स्थगित गरेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो।