काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर ३२ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनिभर्सल पावर कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्थाको कुल ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यसमा युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता र छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर रहेको छ ।
युनिभर्सल पावर ले गत आव २०७९/८० का लागि ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
त्यस्तै छिमेक लघुवित्तले पनि गत आवका लागि १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।