छिमेक लघुवित्तले कमायो रु.१.२९ अर्ब नाफा, लाभांश क्षमता नै ५९.७२%
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ मा एक अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । संस्थाले गत आवमा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७.१० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले १ अर्ब २१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज र कमिसन आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धि...

