काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीका तर्फबाट आवेदन नपरेको १ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।