सोमबार, फाल्गुन ४,२०८२ 02:30:28
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:30:28
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्दै छिमेक लघुवित्तको साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै छिमेक लघुवित्तको साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको २४औंं वार्षिक साधारण सभा हेटांैडाको होटल सामना प्रालिमा पुस २९ गते सम्पन्न भएको छ । उक्त सभा संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएका । सो सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो ।

काठमाण्डौको मध्य बाानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख ४० हजार ३ सय ७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १ अर्व २१ करोड ५४ लाख २५ हजार २४० रुपैंया ३७ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सेयरधनीहरुलाई आव २०८१/८२ को मुनाफावाट १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर गरि कुल २५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ ।

त्यसैगरी वित्तीय संस्थाको चुक्ता पूँजी रु ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैयाँबाट वृद्धि गरि ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैंया ५० पैसा याउने निर्णय समेत यस साधारण सभाले गरेको छ । यस अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै, यस वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागि प्रकाश राज विष्ट निर्विरोध निर्वाचित भएका छन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.