काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् ।
संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                