काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ मा एक अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ ।
संस्थाले गत आवमा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७.१० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले १ अर्ब २१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज र कमिसन आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धि भएको हो । संस्थाको खुद ब्याज आम्दानी ६.१० प्रतिशत बढेर ३ अर्ब ८४ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
साथै अघिल्लो आवमा ९ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको यो संस्थाको गत आवमा भने ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
सो अवधिसम्म संस्थाको ईपीएस ३७.३८ रुपैयाँबाट घटेर ३४.८१ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ २५१.०६ रुपैयाँ, पीई रेसियो २५.६८ गुणा, तरलता अनुपात २१.२० प्रतिशत रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात २.५५ प्रतिशतबाट घटेर २.३० प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात १७.०१ प्रतिशत, कस्ट अफ फण्ड ८.१७ प्रतिशत, स्प्रेड दर ६.२३ प्रतिशत, बेस रेट ११.६२ प्रतिशत र सीडी रेसियो ९५.५१ प्रतिशत रहेको छ ।
सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ३ लाख रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको लाभांश क्षमता ५९.७२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।