मंगलवार, आश्विन १३,२०८३ 06:29:42
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:29:42
Bizshala
Global IME Bank Limited

फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?

Bizshala
फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?
New Office

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत जलविद्युत कम्पनी हो । यो कम्पनी दोलखा जिल्लामा २०६७ सालमा स्थापित कम्पनी हो । यो कम्पनीको विद्युत उत्पादन क्षमता २४.२२ मेगावट रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार यो कम्पनीको चुक्तापूँजी २ अर्ब २७ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २६ करोड १ लाख रहको छ । कम्पनीको कुल पूँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ११ करोड ३७ लाख रुपैंयाँबराबर रहेको छ भने प्रतिसेयर आम्दानी ९.९८ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा २८ प्रतिशले बढी हो । कम्पनीका बुक भ्यालु १११ रुपैयाँ र रिर्टन अन इक्विटी ८.९६ रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

इलिअट वेभ  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा यो कम्पनीको सेयर भाउले एकदेखि पाँचवटा चक्र बनाउँदा सेयरको मूल्य ४४० रुपैयाँसम्म पुग्न सक्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलको छ । यस्तो इन्डेक्समा यदि कम्पनीको भाउ ० देखि २० सम्म स्ट्रङ बियरिस , २० देखि ४०  सम्म बियरिस ,४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । हाल यो कम्पनी ७५ को विन्दुमा बुलिस सेन्टिमेन्टमा चलेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा सँगसँगै हिडेको छ । म्याक्डीमा यस अघि नै बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७५ मा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ बुलिस देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३७५

प्रतिरोध २ – ३२५

प्रतिरोध १–  ३२३

पिभट् प्वइन्टः ३००

घटेमा सपोर्ट  

सपोर्ट १– २६९

सपोर्ट २– २४६

सपोर्ट  ३ –२१४

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको जगेडा कोष करिबमा २४ प्रतिशतको गिरावट आएको छ । तर कम्पनीको प्रतिसेयर आम्दानी २८ प्रतिशत र खुद नाफा ३९ प्रतिशतले बढेको छ । तर बुक भ्यालु भने सामान्य घटेको छ ।  

कम्पनीको रिर्टन अन इक्विटीमा ३३ प्रतिशतको सुधार भएको छ । प्राविधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको छ भने विभिन्न इन्डिकेटरबाट नियाल्दा पनि बुलिस नै देखिन्छ । तर आज यो कम्पनीको सेयर कारोबार उच्च भएको कारण केही सजग भने हुनु पर्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.