काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४३२.३४ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४६२.६० रुपैयाँ कायम थियो । आजदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा बैंकको सेयर कारोबारमा आउनेछ ।
बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको आगामी असोज ३० गते आयोजना हुने बैंकको १८ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।