सोमबार, बैशाख ७,२०८३ 09:04:40
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:04:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण

Bizshala
कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुरखुरे मार्फत राप्ती नगरपालिका–१२ स्थित भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द« भण्डारीले भविष्य निर्माण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुलाई चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नारायणगढ क्षेत्र प्रमुख भण्डारीले न्यानो कपडा वितरणले बालबालिकाहरुको स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रमुख अतिथिका रूपमा उपस्थित वडा अध्यक्ष अर्जुन प्रजाले बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थीहरूलाई पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै कामना सेवा विकास बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजा, प्रमुख अतिथि राप्ती नगरपालिका–१२ का वडा अध्यक्ष अर्जुन प्रजा, बैंकका कर्मचारीहरु तथा राप्ती नगरपालिकाका सब–इन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा, स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.