काठमाण्डौ । कामना सेवाविकास बैंकले बुटवल, रुपन्देही स्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा कामना सेवाविकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।