एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई शैक्षिक सामाग्री र राहत वितरण
काठमाण्डौ । एनसेल फाउन्डेसनले बाढीका कारण प्रभावित बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएको एनसेलले विज्ञप्ति जारी गरी जनाएको छ ।