काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नघल टोल–२८, काठमाण्डौस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुले झोला वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २५ गते गतेका दिन उक्त सहयोग प्रदान गरेको हो ।
बैंकले कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग, ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।
सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वरमान श्रेष्ठको उपस्थिति रहेको थियो । सो व्याग वितरणले विद्यार्थीहरुलाई सहजता ल्याउने बैंकले विश्वास गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले ११२ शाखा कार्यालयहरु, ३० एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।