काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावकविहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन विताईरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको मानव सेवा आश्रमलाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।
आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तर गरेको बैंकले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरुको जिविकोपार्जन तथा सहजिकरणको निमित्त उक्त सामाग्रीहरु संस्थालाई हस्तान्तरण गरि मानव सेवामा समर्पित हुनपाँउदा हर्षित भएको बताए ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।