काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आमा घर गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।
चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।
आमा घरमा आज आयोजित एक समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबार विहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । अभावमा रहेका बालबालिकालाई घर, शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गरिरहेको आमा घरमा हाल ४६ जनाबालबालिका आश्रित छन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।