काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित श्री वीर भक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवा श्रमलाई सहयोग प्रदान गरेको छ ।
ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवा श्रमलाई बैंकले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको जनाएको छ ।
यसका साथै, बैंकले श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएको बैंकले उल्लेख गरेको छ ।
विद्यालय र सेवा श्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ०७ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।