सिटिजन्स बैंकद्वारा लामो समयसम्म कार्यरत ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान
काठमाण्डौ । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । चैत्र १ गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले उन्नाइसौँ वर्ष पुरा गरी बीसऔ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक...

