सोमबार, फाल्गुन ११,२०८२ 07:12:25
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 07:12:25
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी बढ्यो, कस्ट अफ फण्ड घटाउन सफल

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी बढ्यो, कस्ट अफ फण्ड घटाउन सफल
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले ३ अर्ब १४ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ७ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च, कर्मचारी खर्च, परिशोधन तथा ह्रास खर्चमा भएको वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको अत्यधिक वृद्धिका कारण खुद नाफा गत वर्षको तुलनामा घटेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले समीक्षा अवधिसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा भने बैंकको खुद नाफा ६६ करोड १८ लाख रहेको थियो ।

बैंकले कस्ट अफ फण्ड भने घटाएको छ । अघिल्लो आवमा ५.२७ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ३.७८ प्रतिशतमा सीमित बनेको छ । बैंकले वित्तीय स्थिरता र जोखम व्यवस्थापनमा बल गरेका देखिन्छ । बैंकको पूँजी प्रयाप्तता अनुपात १२.४८ प्रतिशत कायम भएको छ । जुन राष्ट्र बैंकले तोकेको न्यूनतम मापदण्डभन्दा बढी हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब र कर्जा प्रवाह १ खर्ब ६८ अर्ब रहेको छ । वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५८४ रुपैयाँ र तरलता अनुपात २६.४३ प्रतिशत रहेको छ ।   

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.