सोमबार, असार २३,२०८२ 03:36:53
  • सोमबार, असार २३,२०८२ 03:36:53
Global IME Bank Limited

१० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीलाई सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान

Hyundai Nepal
१० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीलाई सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान
Nabil Bank Limited

काठमाण्डौ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । आज (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले बैंकमा अविरल १० वर्ष सेवाप्रवाह गरेका ६१ जना र १५ वर्ष सेवाप्रवाह गरेका १८ जनागरि जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित‘दीर्घ सेवा सम्मान’प्रदान गर्नु भएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

बैंकमा हाल १८ सय कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत,लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आप्mनो तर्फबाट शतप्रतिशत योगदान दिन आग्रह गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ ।  

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड)सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटीएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.