शुक्रबार, असार २०,२०८२ 12:42:43
  • शुक्रबार, असार २०,२०८२ 12:42:43
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा अग्नि पीडितलाई राहत वितरण

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा अग्नि पीडितलाई राहत वितरण
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका बडा नं ३ उनापानीमा गत असार १ गतेका दिन भएको आगलागीमा परेका ८ बटा घरपिडितहरुलाई आवश्यकराहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।  

घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएतापनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको लागी भएपनि सहजता आउने विश्वास बैंकले लिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुखलगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ता कपडाहरूमा कुकर,डाडु तथा पिठो रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा  स्वास्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.