सोमबार, असार २३,२०८२ 03:24:54
  • सोमबार, असार २३,२०८२ 03:24:54
Global IME Bank Limited

सिटिजन्स बैंकको नाफा ९६.१८ करोड, आम्दानी ११.५८ प्रतिशतले बढ्यो

Hyundai Nepal
सिटिजन्स बैंकको नाफा ९६.१८ करोड, आम्दानी ११.५८ प्रतिशतले बढ्यो
Nabil Bank Limited

काठमाण्डो । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी वृद्धि भएतापनि खर्च बढ्दा नाफामा केही संकुचन आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा २०.५९ प्रतिशतले कम हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यद्यपी बैंकको खुद सञ्चालन आम्दानी भने ९.५७ प्रतिशतले घट्दै ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको रिटेन्ड अर्निङ ६१ करोड ३२ लाख रुपैयाँबाट घटेर १६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने ६ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।  

१ खर्ब ९८ अर्ब रुपैयाँबराबरको निक्षेप संलकन गरेको बैंकले १ खर्ब ६७ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।  

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १६ करोड रुपैयाँले रिभर्सल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १.६९ रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)८.६क्ष्८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५९७.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ,तरलता अनुपात २४.४९ प्रतिशत र मूल्य आम्दानी अनुपात २४.१८ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.