• शुक्रबार, आश्विन ३,२०८२ 03:25:17
Global IME Bank Limited

प्रिभिलेज बैंकिङमार्फत ब्राण्ड भ्यालु बढाउँदै सिटिजन्स बैंक, एकै स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा

Hyundai Nepal
प्रिभिलेज बैंकिङमार्फत ब्राण्ड भ्यालु बढाउँदै सिटिजन्स बैंक, एकै स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा
Shivam Cement

काठमाण्डौ । सन् २०१९ देखि आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि प्रिभिलेज बैंकिङको सुविधा दिदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ब्राण्ड इमेज बलियो बनाउँदै गएको छ ।  

प्रिभिलेज बैंकिङ सेवा ग्राहक सन्तुष्टि मात्र होइन, बैंकको व्यापारिक रणनीतिको पनि एउटा महत्वपूर्ण हिस्सा हो । यो रणनीतिले बैंकको निक्षेप, क्रस सेलिङ, ग्राहकको इमानदारिता, बैंकको ब्राण्ड इमेज बढाउन मद्दत पुर्याउँछ र रिस्क कम गर्नुका साथै रिटर्न बढाउन समेत सहयोग पुर्याउँछ ।  

प्रिभिलेज सेवा दिन सक्ने बैंकलाई ग्राहकहरुले सहजै विश्वास गरेका हुन्छन् । यसले नयाँ ग्राहकहरु समेत आकर्षित भई बैंकमा आबद्ध हुन सहयोग पुर्याएको हुन्छ । सिटिजन्स बैंकले प्रिभिलेज बैंकिङ सुविधा ल्याएपछि अहिले बिजी सेड्युअलमा रहेका हजारौं ग्राहकहरुले सहजै बैंकिङ सुविधा पाइरहेका छन् ।  

ग्राहकको सहजता र सिस्टम मेनटेन गर्नका लागि प्रतिष्ठित ग्राहकको लागि ल्याइएको यो सुविधाले बैंकको निक्षेप संकलनमा समेत सहयोग मिलेको बैंकका प्रिभिलेज बैंकिङ इन्चार्ज विवेक श्रेष्ठले बताउछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘प्रिभिलेज बैंकिङ सुविधा ल्याउनुको मूल मन्त्र भनेको ग्राहक र बैंकका कर्मचारीको सम्बन्धमा स्थायित्वमा ल्याउनका लागि हो, यसले नयाँ ग्राहक पनि थपिने र बैंकको निक्षेप वृद्धिमा समेत टेवा मिल्नेछ’ उनले भने, ‘विशेषगरी सिटिजन्स बैंकले हाई भ्यालु कस्टमरलाई टार्गेट गरी यो सुविधा ल्याएको हो, जुन ग्राहकसँग सर्टेन अमाउन्ट छ र सामाजिक प्रतिष्ठित व्यक्ति हुनुहुन्छ, त्यस्ता व्यक्तिको लागि सहजै बैंकिङ सुविधा दिनका लागि यो सेवा ल्याइएको हो ।’

सिटिजन्स बैंकले हालसम्म उपत्यका भित्र र बाहिर गरी १५ वटा प्रिभिलेज बैंकिङ काउन्टर विस्तार गरिसकेको श्रेष्ठले बताए । आफ्ना ग्राहकहरुलाई बैंकसँग जोडिराख्न पनि यो सुविधा ल्याइएको उनको भनाई छ ।  

‘पुराना तथा नयाँ प्रतिष्ठित ग्राहकहरुलाई बैंकसँग आबद्ध गराई जोडिराख्न पनि यो सुविधा ल्याइएको हो, जस्तै बैंकमा कर्मचारी फेरबदल भइरहने अवस्थामा प्रिभिलेज बैंकिङ सुविधाले बैंकका त्यस्ता ग्राहकसँग कनेक्ट गराउँछ’ उनले भने, ‘प्रिभिलेज ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङमा समेत सदैव रिलेसनसिप म्यानेजरको नाम, फोन नम्बर र इमेल समेत देख्न सक्नुहुनेछ, यसबाट ग्राहकहरु बैंकसँग सदैव जोडिरहनुहुनेछ ।’

प्रिभिलेज बैंकिङ सुविधाले ग्राहकहरुलाई थप आकर्षित गराई बैंकसँगको सम्बन्ध अझै प्रगाढ बनाएको श्रेष्ठको भनाई छ । ‘हामीले प्रिभिलेज कस्टमरलाई चाहिने सम्पूर्ण बैंकिङ सेवाहरु सहजै प्रदान गरेका छौं, बैंक र ग्राहकको एक किसिमको विश्वसनीय सम्बन्ध भइसकेपछि कारोबार गर्ने भनेकै सिटिजन्ट बैंकमै हुन्छ र यसले बैंकको कारोबार समेत बढाइरहेको छ’ उनले भने, ‘तर बैंकको यो सुविधाको मूल मन्त्र भनेको दैनिक बिजी सेड्युअलमा रहनुहुने त्यस्ता प्रतिष्ठित ग्राहकहरुको लागि सहज वातावरणमा बैंकिङ सेवा सुविधा दिनु हो ।’

साथै, प्रिभिलेज ग्राहकहरुलाई बैंकले विभिन्न सेवा सुविधामा समेत छुट दिने उनले बताए । ‘प्रिभिलेज ग्राहकले बैंकबाट पाउने विभिन्न सेवा सुविधामा विशेष छुट समेत पाउनुहुन्छ’ उनले भने, ‘जस्तै डलर सटहीमा छुट, लकरमा सुविधा, मोबाइल बैंकिङमा सुविधा लगायत बैंकिङ सेवा सुविधामा प्रिभिलेस कस्टमरले छुट पाउन सक्नुहुन्छ ।’

प्रतिष्ठित ग्राहकहरुलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले बैंकले यो सेवा ल्याएको हो । यो सुविधाले बैंकलाई समेत हित गरेको श्रेष्ठको भनाई छ ।  

‘प्रिभिलेज बैंकिङ सुविधाले विशेषतः बैंकप्रति ग्राहकको विश्वास र ग्राहकसँग बैंकको विश्वास बढाएको छ र बैंकको ब्राण्ड भ्यालु समेत बढेको छ’ उनले भने, ‘साथै क्रस बिजनेस, एक्जिसटिङ कस्टमरलाई हाम्रै बैंकमा रिटेन्ड गर्ने वातावरण र नयाँ हाई भ्यालु कस्टमर जसलाई कस्टमाइज सर्भिस चाइरहेको हुन्छ उहाँहरु सिटिजन्स बैंकमा जोडिने बाटो बनेको छ ।’

एउटै स्थानबाट सम्पूर्ण बैंकिङ सेवा

सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरुलाई एउटै स्थानबाट सम्पूर्ण बैंकिङ सेवा सुविधा दिन यो सुविधा ल्याएको हो । प्रिभिलेज कस्टमरहरुले एउटै स्थानबाट आफुलाई चाहिने सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु जस्तै, डिपोजिट, लकरको सुविधा, मोबाइल बैंकिङ, डेबिट÷क्रेडिट कार्ड र आवश्यक परेको खण्डमा कर्जाको लागि समेत अप्लाई गर्ने सकिने श्रेष्ठले बताए ।  

‘प्रिभिलेज बैंकिङ सुविधा भनेको छुट्टै बैंकिङ सुविधा होइन, बैंकले दिइरहने सबै सुविधा जस्तै नै हो तर प्रिभिलेज कस्टमर यो काउन्टरमा आउनुभयो भने सबै सुविधा यहिबाटै पाउनुहुनेछ’ उनले भने, ‘ग्राहकलाई आवश्यक परेको बैंकिङ सुविधा एउटै स्थानबाट पाउनुहुनेछ, यो एउटा बैंकिङ सर्भिस नै हो तर ग्राहकलाई हामी विशेष व्यक्तिगत रुपमा सरल र सुभल ढंगबाट सुविधा दिन्छौं, यसबाट उहाँहरुको समय बचतसँगै गोपनियता समेत कायम हुन्छ ।’

बैंकले १५ वटा प्रिभिलेज काउन्टर सञ्चालनमा ल्याएको छ र ग्राहकहरुले उक्त काउन्टरमा गई सहजै यो सुविधा लिन सक्ने श्रेष्ठले बताए । ‘हामीले छुट्टाछुट्टै १५ वटा शाखामा प्रिभिलेज काउन्टर राखेका छौं र त्यस्ता ग्राहकले प्रिभिलेज काउन्टर नभएको शाखामा समेत प्रिभिलेस कस्टमर हो भनि डिआरओसँग भेटेर यो सेवाको उपभोग गर्न सक्नुहुनेछ’ उनले भने, ‘कुनै प्रिभिलेज कस्टमरलाई लोनको आवश्यक छ भने पनि हामी लोनको लागि सहजता मिलाइने काम गर्दिन्छौं ।’

विशेषतः यो सुविधाले दिनहुँ व्यस्त व्यक्तिहरुलाई सहज भएको श्रेष्ठको भनाई छ । ‘प्रिभिलेस कस्टमरमा धेरै पैसा डिपोजिट गर्ने भनेकै बिजी ग्राहक हुन्छन्, उहाँहरुलाई यहासम्म आएर खाता खोली पैसा डिपोजिट गर्ने र कति समयका लागि मुद्दतीमा राख्ने भन्ने ज्ञान नहुन सक्छ, यस्तो अवस्थामा हामीले उहाँहरुलाई फाइनान्सियल सुझाव पनि दिन्छौं’ उनले भने, ‘हामीसँग जोडिनु भएकोमा अधिकांश व्यापारि, गृहणी, कलाकार र राजनीतिक क्षेत्रमा सक्रिय रहनुभएकाहरु हुनुहुन्छ, उहाँहरुलाई हाम्रो रिलेसनसिप म्यानेजरले वित्तीय सुझाव समेत दिनुहुन्छ ।’

बैंकले कार्यव्यस्तताले प्रिभिलेज काउन्टरसम्म आउन नसक्ने ग्राहक र बृद्धाहरुलाई समेत आवश्यक परेको खण्डमा घरसम्मै पुगेर बैंकिङ सुविधा दिने गरेको श्रेष्ठले बताए । हालसम्म बैंकमा प्रिभिलेज कस्टमरको रुपमा २१ हजार बढी ग्राहकहरु जोडिसकेको श्रेष्ठले बताए ।  

श्रेष्ठका अनुसार बैंकको प्रिभिलेज कस्टमर हुनलाई बैंकले न्यूनतम काठमाण्डौ उपत्यकाभित्रको कस्टमरलाई एवरेज डिपोजिट ६ महिनासम्म ३० लाख रुपैयाँ खातामा हुनुपर्ने तोकेको छ । साथै उपत्यका बाहिरका शाखाहरुमा ए, बी र सी क्याटेगोरीमा रु. ३० लाखको एवरेज बैंक ब्यालेन्स र डी र ई क्याटेगोरीमा २० लाख रुपैयाँ एवरेज बैंक ब्यालेन्स हुनेलाई प्रिभिलेज कस्टमर मानिने उनले बताए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.